विपन्न वर्ग कर्जाका लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच सम्झौता
काठमाडौं, ९ मंसिर । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच विपन्न वर्ग शीर्षकमा कर्जा परिचालनका लागि सम्बन्धी सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक ?पमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिह?, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारह?लाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्न कोष र बैंकबीच बुधवार कर्जा सम्झौता भएको हो ।
सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।