Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

भारतबाट करिब १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप आउँदै

भारतबाट करिब १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप आउँदै

काठमाडौं, १५ मंसिर । कोरोना भाइरसविरुद्धको ९ लाख ७२ हजार मात्रा खोप भारतबाट आउने भएको छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया कम्पनीबाट आज (बुधवार) उक्त मात्रामा कोभिसिल्ड खोप आउन लागेको हो ।

स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाप्रमुख उपेन्द्र ढुङ्गानाले कोभ्याक्स सुविधाअन्तर्गत नौ लाख ७२ हजार मात्रा खोप आउन लागेको बताए । यस्तै, यही मङ्सिर २२ गते कोभ्याक्समार्फत ६ लाख मात्रा खोप आउने उनले बताए । नियमित रुपमा खोप आइरहेको उनको भनाइ छ । सरकारले नियमित रुपमा खोप आउन थालेपछि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

यस्तै, बालबालिकालाई लगाउने खोप मोडर्ना यही शुक्रबार नेपाल आउने भएको छ । अमेरिकाबाट खरिद गरिएका मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आउन लागेको आपूर्ति शाखाप्रमुख ढुङ्गानाले जानकारी दिए । यसअघि बालबालिकालाई लगाउने फाइजर खोप आएको थियो । उनका अनुसार नेपालमा अहिलेसम्म दुई करोड ६१ लख ९६ हजार मात्रा खोप आइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x