शेयर बजारमा ५.२८ अंकको सुधार, कारोबार रकम घट्यो

काठमाडौं, १५ मंसिर । साताको चौथो कारोबार दिन बुधवार शेयरमा बजारमा झीनो सुधार भएको छ । यस दिन नेप्से परिसूचक ५.२८ अंकले बढेर २६३३.६५ अंकमा पुगेको छ ।
बुधवार २२३ वटा कम्पनीको ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ७४ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन मंगलवार ३ अर्ब ८ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
यस दिन सर्वाधिक नाफा कमाउनेमा सामलिङ पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनी रहेका छन् । दुवै कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । यस्तै शेयरमूल्य धेरै घट्नेमा भने आईसीएफसी फाइनान्स कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्यमा ५.६२ प्रतिशतको ह्रास आएको छ ।
बुधवार कारोबार रकमका आधारमा भने कम्पनी नेपाल टेलिकम रहेको छ । यस कम्पनीको १४ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।