लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण

काठमाडौं, १५ मंसिर । लक्ष्मी बैंकले ग्राहकलाई डिजिटल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्ने क्रममा आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण ल्याएको छ ।
#DigitalDecember नाम गरिएको सो योजना ले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैंकिङ प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्दछ । यो एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो ।
डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानी को प्रवद्र्वन गर्नमा केन्द्रित छ र लक्की ड्रद्वारा आफ्ना ग्राहकहरुलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ । यस योजना अन्तर्गत, डिजिटल डिसेम्बरभरि हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरुले ५ हजार नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले ५०० सम्मको ५० प्रतिशत रुपैयाँ क्यासब्याक जित्न सक्ने बताइएको छ । यस योजना को अवधिभरी मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत १००० भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरुमध्ये ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा ५०० क्यासब्याक पाउन सक्ने बताइएको छ । साथै डिजिटल कारोबारलाइ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निःशुल्क पाउन सक्नेछन् । डिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ । बैंकले यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै सातादेखी सार्वजनिक गर्दै जाने भएको छ ।