Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

बैंक अफ काठमाण्डू लिमिटेडका कार्डवाहकलाई दराजको १२.१२ योजनामा २ हजारसम्मको छुट

बैंक अफ काठमाण्डू लिमिटेडका कार्डवाहकलाई दराजको १२.१२ योजनामा २ हजारसम्मको छुट

काठमाडौं, २४ मंसिर ।बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुले दराजको १२.१२ योजनामा रु. २ हजार सम्म छुट पाउने भएका छन्।

पछिल्लो समय ग्राहकमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न समान खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्डबाहकलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुका साथै रु. २ हजारसम्मको विशेष छुटको योजना ल्याएको हो। जसअन्तर्गत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम रु. २ हजारसम्मको छुटको सुविधा उपयोग गर्न सक्नेछन्।

बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम रु. १ हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम रु. २ हजारसम्म छुटको पाउनेछन्। यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु। २ हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन्।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालय, ८४ एटीएम र १० एक्सटेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x