Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लि.बीच डिजिटल कारोबार सम्झौता

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लि.बीच डिजिटल कारोबार सम्झौता

काठमाडौं, २७ मंसिर । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा.लि.सँग सम्झौता गरेको छ । यस सम्झौता अनुसार लुम्बिनी विकास बैंक लि।सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रा। लि। को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरे।

लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x