Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कामना सेवा विकास बैंक र एमओसीओ एप बीच डिजिटल भुक्तानीको लागि साझेदारी

कामना सेवा विकास बैंक र एमओसीओ एप बीच डिजिटल भुक्तानीको लागि साझेदारी

काठमााडौं, २७ पुस । कामना सेवा विकास बैंक लिमिटेड र एमओसीओ एप बिच सम्झौता भएको छ । फोकुसन पेमेन्ट सलुसनको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र सलुसनका प्रमुख कार्यकारी अधिकृत श्री प्रणय राजभण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा पहिलोे ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरूले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै क्यूआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरूमा पेमेन्ट गर्न सक्नेछन् ।

कामना सेवा विकास बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताहरूले अब सोलुसन एपमा आफ्नो डेबिट कार्ड लिंक गरी खरीद तथा विभिन्न सेवाहरूको भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन्
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ मोबाइल बैंकिङ, सी एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x