एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण
काठमाडौं, ९ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ ।
शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको सचिवालयले जानकारी दिएको छ ।
केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएको थियो । उनी हाल बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
सचिवालय स्रोतका अनुसार ओलीलाई हल्का रुघा खोकी र जिउ सामान्य दुख्ने समस्या छ ।
डाक्टरको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको उनको सचिवालयले जनाएको छ ।