Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर,

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर,

काठमाडौं, २४ फागुन । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् ।

एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरु प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन्। सोमबार (फागुन २३) देखि सञ्चालनमा आएको अफरअन्तर्गत ग्राहकले करसहित रु. १४ देखि रु. ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकहरुबाट फाइदा लिन सक्छन्। यी भ्वाइस प्याकहरुमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् ।

ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित रु. १४ मा लिन सक्छन् भने ३ दिन समयसीमा रहेको ६५ टक टाइम रु. ४५ मा सुचारु गर्न सक्छन् । त्यसैगरी रु. ९४ मा ७ दिन समयसीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ ।

प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स१७११८एष्ट्रिक्स३ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको भ्वाइस प्याक छनौट गरी सुचारु गर्न सक्छन् ।

अलि धेरै समयसीमासहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् । यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेको दुईवटा अन्य प्याकहरु पनि छन् । जसअन्तर्गत ग्राहकले रु. २६५ मा ४७५ मिनेट टक टाइम र रु. ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन्। आफ्नो आवश्यकताअनुसार ग्राहकले यीमध्ये कुनै पनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकका लागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x