सुनको मूल्य ९ सयले घट्यो
काठमाडौं, ४ जेठ । यस साताको चौंथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबारको तुलनामा यस दिन छापावाला सुनको मूल्य प्रतितोला ९ सयले घटेको छ भने यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
मंंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ७ सय र चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज बुधबार मूल्य घटेर सुन प्रतितोला ९५ हजार ८ सय र चाँदीको प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।