Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

जोन्टा कल्ब अफ काठमाडौंको नवैं वार्षिक साधारणसभा

जोन्टा कल्ब अफ काठमाडौंको नवैं वार्षिक साधारणसभा

काठमाडौं, १८ जेठ । जोन्टा कल्ब अफ काठमाडौंको नवैं वार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ ।


कल्ब विश्वका ६७ देशमा फैलिएको गैर नाफा मुलुक सस्था हो । नेपालमा विगत नौ बर्ष देखि स्वाथ्य , शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल बिवाह ,मानव बेचबिखन , लैङ्गिक हिंसा र विभेद लगाएत विभिन्न क्षेत्रमा काम गरिरहेको जोन्टा कल्ब अफ काठमाण्डौले जनाएको छ ।


कार्यक्रममा उक्त क्लबको निवर्तमान प्रेसिडेन्ट सिमा गोल्छाले आफ्नो दुई वर्षे कार्यकाल समापन भएर नयाँ प्रेसिडेन्ट चयन गर्दै आभा शाहलाई कार्यभार हस्तान्तरण गरेका छन । आफ्नो कार्यकालमा भएका कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराउदै भने कोरोनाको कहरमा पुरा विश्व नै ठप्प भएको बेलामा पनि दृढ़ संकल्प र अटुट साहसका साथ जोन्टा कल्ब अफ काठमाण्डौँले गरेका उदाहरणिय कार्यहरुको बारेमा जानकारी गराए ।

सो समारोहमा नव निर्वाचित आभा शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने र साथै नेपाली महिलाहरुका हक हित, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तिकरणमा जोडदार रूपमा कटिबद्ध भएर लाग्ने प्रण गरिन ।

उक्त कार्यक्रममा भाइस एरिया डाइरेक्टर मिरा ज्योती , भाइस प्रेसिडेन्ट कमल केशरी तुलाधर, टेर्जरर मृदुला राजभण्डारी, तथा भुतपूर्व प्रेसिडेन्टहरू र व्यवस्थापक समितिका सदस्यहरुले जोन्टा कल्बले गरिरहेको कामको चर्चा र गर्नु पर्ने कार्यको बारेमा सुझाव र धारणा राखेका थिए । साथै कार्यक्रममा ६ जना नव प्रवेशीहरु पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, निशा के सी, सितु प्रधान, स्वस्तिका खनाल , निसि टिब्रेवाल खेतान र गौरी ठकुरीलाई सदस्यता प्रदान गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x