Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित

यौन हिंसाविरुद्धको संशोधन विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित

काठमाडौं, २३ जेठ । प्रतिनिधि सभाबाट यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो ।


सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको हो । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला० ले दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x