Date

बुध, जेष्ठ १६, २०८१
Wed, May 29, 2024

जनसंख्याको ३६.२९ प्रतिशतमा बीमाको पहुँच

जनसंख्याको ३६.२९ प्रतिशतमा बीमाको पहुँच

काठमाडौं, २३ जेठ । नेपालमा ३६.२९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेका छन् । बीमा समितिका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा म्यादी र लघु म्यादी जीवन बीमालेख सहित उक्त प्रतिशत जनसंख्यामा बीमाका पहुँच पुगेको हो ।

समितिका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा यस्तो पहुँच २४.५३ प्रतिशत थियो । चालू आर्थिक वर्षको १० महिनामा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित बीमाको दायरामा पुगेको जनसंख्या भने ३९.१२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्ममा यस्तो पहुँच २६.९२ प्रतिशत थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x