Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

प्लस टु दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

प्लस टु दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

काठमाडौं, २३ जेठ । अन्नपूर्ण केबुलकारले प्लस टु परीक्षा दिई बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट दिने भएको छ ।


आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यले भर्खरै +२ दिई बसेका छात्रछात्राहरुलाई केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।


यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना यहि २६ जेठ देखि ३ असार सम्म लागु हुने बताइएको छ ।
पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सरांकोट पुग्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *