Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से १२.९२ अंकले घट्दा, १ अर्ब २७ करोड बढीको कारोबार

नेप्से १२.९२ अंकले घट्दा, १ अर्ब २७ करोड बढीको कारोबार

काठमाडौं, २३ जेठ । यस साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १२.९२ अंकले घटेर २०६५.७८ अंकमा पुगेको छ ।


सोमबार २२८ कम्पनीको ४४ लाख ९ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब २७ करोड ३३ लाख ८५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ३.१२ अंकले घटेर ४००.३६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.७७ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन ७ समूहका कम्पनीको कारोबार घटेको छ भने ६ समूहका कम्पनीको कारोबार बढेको छ । यस दिन सबै भन्दा धेरै जिवन बीमा समूहका कम्पनीको कारोबार १९८.३२ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा २.०१ अंकले कारोबार घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x