Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल इन्भेष्टभेन्टको चार नयाँ शाखाहरु संचालनमा

नेपाल इन्भेष्टभेन्टको चार नयाँ शाखाहरु संचालनमा

काठमाडौं, ३० वैशाख । नेपाल इन्भेष्टमेण्ट बैंकले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा शाखाहरु तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै बैंकको हाल ७० शाखाहरु र ५ एक्स्टेन्सन काउन्टरहरु संचालनमा रहेका छन् ।

दोलखाको बिगू गाउँपालिकास्थित सिंगटी, पाचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोशी गाउँपालिका धोवीबजारस्थित लिखूमा बैंकले आफ्नो शाखाहरु संचालन ल्याएको हो । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार उक्त शाखाहरु संचालनमा ल्याएको जनाएको छ । बैंकले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई ३ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकले हाल प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखाहरु संचालनमा ल्याएको छ । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली शाखा संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

बैंकले नौ वटा यातायात सम्बन्धी राजश्व संकलन केन्द्र खोलि आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ६२ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x