Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

एशियन लाईफको १२.०९ प्रतिशतले बढ्यो मुनाफा

एशियन लाईफको १२.०९ प्रतिशतले बढ्यो मुनाफा

काठमाडौं, ३० वैशाख । एशियन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत्र महिनासम्ममा ३ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.०९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा कम्पनीले १ अर्ब ९१ करोड रुपैयाँ वीमाशुल्क आर्जन गरेको छ । कम्पनीको हाल चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रद शेयरको प्ुँजीकरण पछि चुक्ता पुँजी १ अर्ब २१ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले आगामी जेठ १९ गते बोलाएको साधारण सभामा शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र ६० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव लाने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x