Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

डलर मजबुत बन्दै, १ अमेरिकी डलर पुग्यो १०८.०३ रुपैयाँ

डलर मजबुत बन्दै, १ अमेरिकी डलर पुग्यो १०८.०३ रुपैयाँ

काठमाडौं, ३० वैशाख । पछिल्लो समय अमेरिकी डलर थप नेपाली रुपैयाँको तुलनामा मजबुत बन्दै गएको छ । गत वैशाख २२ गते देखी यता नेपाल रुपैयाँको तुलनामा एक अमेरिकी डलर ०.६६ प्रतिशतले बलियो बनेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज आइतबार एक अमेरिकी डलरको बिक्री मुल्य १०८.०३ रुपैयाँ रहेको छ ।

यसरी अमेरिकी डलर नेपाली रुपैयाँको तुलनामा बलियो बन्दा मुल्यवृद्धि बढ्ने सम्भावना हुन्छ । नेपालीहरुको आयातित वस्तुहरुमा निर्भरता बढ्दै गएको कारण मुल्यवृद्धि बढ्ने भएको हो । आयात गर्दा अमेरिकी डलरमा नै गर्ने हुँदा नेपाली रुपैयाँ धेरै खर्च गर्नु पर्ने कारणले मुल्यवृद्धिमा चाप देखिएको हो ।

अमेरिकी डलर बलियो बन्दा निर्यातमार्फत हामीले फाइदा लिन सक्छौं । तर निर्यातमा हाम्रो कमजोर प्रदर्शनीको कारण यसवाट आशातित फाइदा लिन सकिरहेका छैनौं । यस्तै विप्रेषणको मार्फतबाट पनि हामीले अमेरिकी डलर बलियो हुँदा फाइदा उठाउन सक्छौं ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x