कामना सेवा बैंक र काठमाडौं महानगरपालिका बिच सार्वजनिक शौचालय प्रयोग सम्झौता
काठमाडौं, ७ असार । कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिका भित्र रहेका शाखाहरु मध्ये बैंकका ८ वटा शाखा कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी सोमबार काठमाडौँ महानगरपालिकासंग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
नगर कार्यपालिकाको गत जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप कामना सेवा विकास बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।
बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्ने भएको छ । सो बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बसनेतले महानगरका नवनिर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने नितीअनुरुप बैंकले पनि एक्यबद्धता जनाएको बताए ।