Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एआईजी पोखरेलले दिए राजीनामा

एआईजी पोखरेलले दिए राजीनामा

काठमाडौं, २ साउन । आईजीपी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालत गएका एआईजी विश्वराज पोखरेलले मुद्दा हारेपछि सो पदबाट राजीनामा दिएका छन् ।

अर्को महिना स्वतः अवकाश हुन लागेका पोखरेलले राजीनामा दिएका हुन् ।

उनको राजीनामा प्रहरी प्रधान कार्यालय हुँदै गृहमन्त्रालय गएको छ । यसअघि उनले बिदाका लागि दिएको निवेदन आईजीपी धिरजप्रताप सिंहले अश्वीकृत गरेका थिए । आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी बनाएको भन्दै उनी अदालत गएका थिए ।

तर, मुद्दा हारेसँगै नेपाल प्रहरीको करिब ३० वर्षको करिअरबाट पोखरेलको अपमानजनक बहिर्गमन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x