Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

घर बनाउन बैंकहरूले दिए ३ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा

घर बनाउन बैंकहरूले दिए ३ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा

काठमाडौं, १० भदौ । व्यक्तिगत आवास निर्माणकै लागि बैंकहरुले तीन खर्ब रुपैयाँभन्दा बढी कर्जा दिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६० वटा संस्थाहरुले व्यक्तिगत आवास निर्माणकै लागि कुल तीन खर्ब ३७ अर्ब ७९ करोड ९० लाख रुपैयाँ कर्जा दिएका हुन ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप रकम ५१ खर्ब ५९ अर्ब १७ करोड ५० लाख रुपैयाँ पुगेको छ भने कुल कर्जा रकम ४७ खर्ब नौ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र व्यक्तिगत आवास निर्माणको लागि दिएको कुल कर्जा रकम भने दुई खर्ब ७९ अर्ब १० करोड ६० लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ४५ खर्ब ४५ अर्ब १५ करोड ७० लाख र ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रुपैयाँ रहेको पुगेको छ ।

यसैगरी विकास बैंकहरुले व्यक्तिगत आवास निर्माणमा पछिल्लो अवधिसम्ममा ४८ अर्ब ७० करोड ५० लाख रुपैयाँ कर्जा दिएका छन् ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा विकास बैंकहरुको कुल निक्षेप तथा कर्जा रकम क्रमशः पाँच खर्ब नौ अर्ब ४९ करोड र चार खर्ब ४४ अर्ब ९३ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

फाइनान्स कम्पनीहरुले २०७९ असार मसान्तसम्ममा व्यक्तिगत आवास निर्माणमा नौ अर्ब ९८ करोड ८० लाख रुपैयाँ कर्जा दिएका छन् ।

यस अवधिमा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः एक खर्ब चार अर्ब ५२ करोड ८० लाख र ८६ अर्ब ३० करोड ३० लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

एक करोड ५० लाख रुपैयाँभन्दा माथिको कर्जालाई मात्र राष्ट्र बैंकले रियलस्टेट कर्जा गणना गर्ने र एक करोड ५० लाखको हकमा उक्त कर्जा घरजग्गा शीर्षकअन्तर्गत नै पर्ने हुँदा घरजगा क्षेत्रमा केही बढी कर्जा प्रवाह राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने छ हजार तीन सय ९४ वटा पुगेको छ ।

जसमध्ये वाणिज्य बैंकहरुको पाँच हजार नौ वटा, विकास बैंकहरुको एक हजार एक सय १८ वटा र फाइनान्स कम्पनीहरुको दुई सय ६७ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकको भनाइ छ । (आर्थिक दैनिकबाट)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x