Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

१ खर्ब १० अर्ब सहुलियतपूर्ण कर्जा लगानीमा

काठमाडौं, २ असोज । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा गत साउन मसान्तसम्ममा रू. १ खर्ब १० अर्ब ४० करोड लगानीमा रहेको छ । सो अवधिमा १ लाख ४७ हजार २३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १३ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको केन्द्रीय बैंकको तथ्यांक छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ८ सय ७९ ऋणीलाई प्रवाह भएको रू. १ खर्ब ३९ अर्ब ४८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८४ हजार ३ सय ५ महिला उद्यमीलाई प्रवाह भएको रू. ७० अर्ब ५२ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३९ ऋणीको रु।३ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x