Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

२ प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

२ प्रतिशतले घट्यो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप

काठमाडौं, २ असोज । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो ।

वार्षिक बिन्दुगत आधारमा साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ । सो महिना बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो । साउनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ । २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x