२३ अंकले घट्यो शेयर बजार, १ अर्ब ११ करोडको कारोबार
काठमाडौं, २४ कात्तिक । बिहीवार शेयर बजार २३.५२ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १.२३ प्रतिशतले घटेर १८९३.७० अंकमा आइपुगेको छ । बिहीवार ठूला कम्पनीहरूको शेयर मापक सेन्सेटिभ इन्डेक्स समेत घटेको छ ।
यस दिन २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच भएकोमा १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कुनै पनि समूहको उपसूचक यस दिन बढ्न सकेनन् । यस दिन सबै भन्दा धेरै शेयरमूल्य गुमाउने समूहमा वित्त रहेको छ ।