आन्तरिक कर्जा प्रवाहमा झीनो वृद्धि
काठमाडौं, १ मंसिर । चालू आर्थिक वर्ष २०७–८० को तीन महिनामा कुल आन्तरिक कर्जा प्रवाह झीनो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा कुल आन्तरिक कर्जा १.५ प्रतिशतले बढेको हो ।
गतवर्षको सोही अवधिमा उक्त कर्जा ५.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ असोज मसान्तमा यस्तो कर्जा १०.५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजीक्षेत्रमाथिको दावी १.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ६.८ प्रतिशतले बढेको छ ।