विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री
काठमाडौं ११ पुस । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री हुने भएका छन् ।
सोमबार दिउँसो संसद् भवनमा बसेको सात दलीय गठबन्धनको बैठकले पौडेललाई भौतिक योजना मन्त्रालय दिने निर्णय गरेको हो। पौडेल यसअघि पनि अर्थमन्त्री भइसकेका छन् ।