काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक योजना तथा निर्माण मन्त्री हुने भएका छन्।सोमबार दिउँसो संसद् भवनमा बसेको सात दलीय गठबन्धनको बैठकपछि माओवादी केन्द्रले नारायणकाजीलाई भौतिक योजना मन्त्रालय दिने निर्णय गरेको हो। यसअघि उनी परराष्ट्रमन्त्री बन्ने चर्चा थियो। तर उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाँदा विकासे मन्त्रालय रोजेका हु्न्।
नारायणकाजी उपप्रधानसहित भौतिक योजनामन्त्री
