Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

साताको अन्तिम दिन घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

साताको अन्तिम दिन घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, २२ पुस । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ। एक सातादेखि लगातार उकालाे लागेकाे सुनकाे मूल्य आज ताेलामा ८०० रूपैयाँले घटेकाे नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ। हिजाे छापावाल सुन प्रतिताेला एक लाख ३ हजार एक सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै बिहिबार प्रतिताेला १ लाख २ हजार ६०० रूपैयाँमा काराेबार भएकाे तेजावी सुनकाे मूल्य आज ताेलाकाे १ लाख १ हजार ८०० रूपैयाँ निर्धारण भएकाे छ ।
शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *