Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

८ महीनामा ३६ खर्ब ९७ अर्ब तरलता प्रवाह

८ महीनामा ३६ खर्ब ९७ अर्ब तरलता प्रवाह

काठमाडौं, २९ चैत । समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत रु. ३ खर्ब  ७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत रु. २७२० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधा ५ खर्ब १५ अर्ब ६७ करोड गरी कुल रु. ३६ लाख ९७ अर्ब २८ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत रु. ५ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु. ५० लाख १० अर्ब ७६ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ७० करोड खुद खरिद गरी रु. ४ खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २२ करोड खुद खरिद गरी रु. १ खर्ब ४७ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८ करोड बिक्री गरी रु. ४ खर्ब १ अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १० करोड विक्री गरी रु. ३ खर्ब ७० अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x