Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

४.५ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

४.५ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

काठमाडौं, २९ चैत । आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा कुल आन्तरिक कर्जा ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा यस्तो कर्जा ८.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ६.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ११.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ फागुन मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ४९.१ प्रतिशतले बढेकोमा २०७९ फागुन मसान्तमा यस्तो दावी ५२.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x