रिकिशी कम्पोष्टकाे सहकार्यमा शाख: ग्रुपले ल्यायाे कम्पाेष्ट मल
काठमाडाैं, २८ चैत । हाल काठमाडाैं लगायत उपत्यका बाहिर फाेहर व्यवस्थापनमा किठनाइ हुँदै आएकाे छ । यस फाेहर व्यवस्थापनकाे लािग नीिज क्षेत्र सक्रिय हुँदै आएका छन् । यसअघि हालसम्म ४ ठाउँमा रिकिशि कम्पोष्ट प्रा. लि कुहिने फाेहरबाट मल उत्पादन गर्दै आएकाे छ ।
यसै क्रममा आफ्रनाे बजार विस्तार गर्ने क्रममा चितवनकाे दुधाैली नगरपालिकामा, शाख: ग्रुपसँग सहकार्य गर्दै अघि बढ्ने कम्पनीद्वारा आयाेजित एक छलफलमा कम्पनीकी प्रवन्ध निर्देशक उषा गिरीले बताइन् ।
CNBN कम्पोष्ट मल वातावरण महित्रि भएको Kyoto University Japan बाट प्रमाणित भएको छ । रासायनिक मलको कारणले माटोको उर्वराशक्ति हास भइरहेको र उर्वराशक्ति जोगाउदै उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न तथा नेपालीको स्वास्थमा पनि सुधार गर्न कम्पोष्ट मल उपर्युक्त विकल्पको रुपमा रहेको छ । जापानी प्रविधि भए पनि नेपालकै स्रोत साधनको उपयोग गरेर मल तयार गरिन्छ । मलखाद बनाउन नगरपालिकाहरुसंगको सहकार्यमा फालिएका कुहिने फोहोर समेतको प्रयोग गरिने गरेको छ । जसले फोहोर व्यवस्थापनमा पनि सहयोगी भूमिका खेल्ने छ ।
जापनको प्रविधिलाई जापनिज प्राविधिको प्रत्यक्ष रेखदेखमा पाँच वर्षदेखि नेपालमा यसको अध्यन अनुसन्धान पछि मात्र बजारमा ल्याएकाे साखः ग्रुपले जनाएकाे छ । यो मलको प्रयोगले रासायनिक मलबाट प्राप्त हुने उत्पादन सरह नै उत्पादन हुने बताइएकाे छ । नेपालमा रिकिशी कम्पोष्टले कृषि क्षेत्रमा उल्लेख्य सुधार गर्न सक्ने निश्कर्षसहित व्यवसायिक उत्पादन बजारमा ल्याएकाे कम्पनीले जनाएकाे छ । साथै बहुमुल्य विदेशी मुद्रा संचिती बढाउन मद्दत समेत हुने विश्वास कम्पनीकाे छ ।
कम्पोष्ट मल एक प्राकृतिक र जैविक मल हो। जुन पातहरु घाँसको कोपहरु, घरायसी फोहोर, रातो माटो, भुस, धुटो जस्ता जैविक सामाग्री बाट बनाईन्छ । यस प्रकारको मेल रासायनिक मल ‘भन्दा बढी दिगो मात्र नभई यसले माटोको स्वास्थ र उरभरा शक्ति सुधार गर्न पनि मद्दत गर्दछ । तसर्थ नेपाल सरकारले कम्पोष्ट मल प्रयोग गर्नमा जोड दिनु पर्नेमा दुई मत हुन सक्दैन । कम्पोष्ट मल रासायनिक मल भन्दा धेरै सस्तो छ । किसानलाई सर्वसुलभ ढङले उपलब्ध हुने भएको र लागतको हिसाबले पनि यो एक आकर्षक विकल्प हो। सरकारले दिने अनुदानको ठूलो धन राशि पनि बचत पनि हुनेछ ।
सरकारबाट वर्षेनी रासायनिक मलमा उपलब्ध गराउने अनुदानको केही अंश मात्र उपलब्ध गराउने हो भने किसानलाई यो मल सित्तैमा उपलब्ध गराउन सकिने अवस्था सिर्जना हुने कम्पनीकाे विश्वास छ ।
देशभरमा अपार माग हुन सक्ने अवस्थालाई मनन गरी विभिन्न जिल्लाहरुमा निजी क्षेत्र तथा नगरपलिकाहरु संग सहकार्य गरी उत्पादन गरी वितरण गर्ने समेत लक्ष्य कम्पनीले लिएकाे छ ।