नेपाल उद्याेग वाणिज्य महासंघकाे अध्यक्षमा चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ
काठमाडाैं, १ वैशाख । नेपाल उद्याेग वाणिज्य महासंघकाे अध्यक्ष चन्द्रप्रसाद ढकाल बनेका छन् । महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहेका ढकाल अध्यक्ष भएका हुन् । अध्यक्ष शेखर गाेल्छाले विरष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गाेपनियतकाे सपथ ग्रहण गराएका हुन् । अब गाेल्छा निवर्तमान अध्यक्ष रहेका छन् ।
नवनियुक्त ढकालले आफ्नाे कार्यकालमा मुख्यगरी ५ विषयमा निर्धारण गरी कामलाइ प्राथमिकतामा राखेकाे उल्ले गरेका छन् । जसमा पहिलाेमा आर्थिक संकट समाधानकाे लागि रणनिती तय गर्ने, दाेस्राेमा लगानीकाे वातावरण बनाउने, तेस्राेमा राज्य र नीजि क्षेत्रकाे साझेदारी सुदृढ गर्ने, चाैथाे, दक्ष जनशक्ति उत्पादन र राेजगारी सिर्जना गर्ने, र पाँचाैं व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्राथमिकता रहेकाे बताए ।
यसैगरी महासंघकाे हाल सम्पन्न साधारण सभाले बरीष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई चयन गरेकाे छ । उमेशलाल श्रेष्ठले छाडिदिएपछि श्रेष्ठ सर्वसम्मत उपाध्यक्ष बनेका हुन् । साेहि साधारण सभाले नगर उद्याेग तर्फ सुरकृष्ण वैद्य ,एसाेसिएट तर्फ जाेत्सना श्रेष्ठ र वस्तुगततर्फ हेमराज ढकाल उपाभध्यक्षमा चयन भएका छन् ।