Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिनर्जी पावरको हकप्रद शेयरमा आवेदन खुला

सिनर्जी पावरको हकप्रद शेयरमा आवेदन खुला

काठमाडौं, ३ भदौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आज (भदौ ३ गते) देखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो। कम्पनीले निष्कासन गरेको हकप्रद शेयरमा आज बैंकिङ समयपश्चात् आवेदन दिन सकिने छ । कम्पनीका शेयरधनीले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ।

हाल कम्पनीको चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x