बलियाे बन्दै शोधानान्तर स्थिति, २ खर्ब ९० अर्ब बचतमा
काठमाडाैं, ३ भदाै । शोधानान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ बचतमा रहेकाे छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वर्षिक प्रतिवेदन अनुसार अघिल्ले वर्षको तुलनामा शोधानान्तर स्थिति बचतमा अझै सुधार आएको हो।
साथै अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति गत आर्थिक वर्षमा २ अर्ब २१ करोडले बचतमा रहेको छ।
आर्थिक वर्ष २०७९\८० मा चालु खाता भने ७२ अर्ब १६ करोडले घाटामा रहेको छ।अघिल्लो वर्ष चालु खाता रु ६२३ अर्ब ३८ करोडले घाटामा रहेको थियो।