Date

आइत, साउन ४, २०८२
Sun, July 20, 2025

अन्तिम कारोबार दिन २०.१६ अंकले घट्यो शेयर बजार, म्युचुअल फन्डबाहेक सबै समूह घटे

अन्तिम कारोबार दिन २०.१६ अंकले घट्यो शेयर बजार, म्युचुअल फन्डबाहेक सबै समूह घटे

काठमाडौं, २५ असोज । साताको अन्तिम कारोबार दिन आज (बिहीवार) धितोपत्र बजार २०.१६ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको सीमा गरेको संशोधन पछि लगातार घटेको बजार बुधवार झीनो अंकले बढे पनि आज त्यसले निरन्तरता पाउन सकेन । आज बजार मापक नेप्से परिसूचक १.०६ प्रतिशतले घटेर १८७४.६० अंकमा सीमित भएको छ ।

बिहीवार २९२ कम्पनीको शेयर कारोबार भएकोमा २३ ओटाको मात्र बढेको छ भने २१० ओटाको घटेको छ । यस्तै चारओटाको मूल्य स्थिर रहेको छ । यस दिन ७५ लाख ५८ हजार ५१२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७० करोडभन्दा बढीको कारोबार भएको छ ।

बिहीवार म्युचुअल फन्डबाहेक सबै समूहको उपसूचक घटेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *