Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआरएनएको विश्व सम्मेलन आजदेखि, अध्यक्षमा चार जना भिड्ने

एनआरएनएको विश्व सम्मेलन आजदेखि, अध्यक्षमा चार जना भिड्ने

काठमाडौं, ३० असोज । गैरआवासीय नेपालीहरूको विश्व सम्मेलन आजदेखि सुरू हुने भएको छ। एघारौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलन कात्तिक ३ गतेसम्म हुने भएको हो।

नेपालीका लागि नेपाली भन्ने मूल नारा तथा ज्ञान र रूपान्तरण समृद्धिको आधार विषयमा सम्मेलन केन्द्रित रहने एनआरएनए प्रवक्ता सोम सापकोटाले जानकारी दिए।

सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । अध्यक्षका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। एनआरएनएको नयाँ नेतृत्वका लागि हालका अध्यक्षसहित उपाध्यक्ष प्रतिस्पर्धामा उत्रिएका हुन्। अध्यक्षमा डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाको उम्मेदवारी दर्ता भएको एनआरएनएको निर्वाचन समितिले बताएको छ।

निर्वाचनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन्।

मतदान स्थलमै उपस्थित भएका मतदाताहरूका लागि अनलाइन भोटिङको व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x