Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि

बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जामा झीनो वृद्धि

काठमाडौं, ३ कात्तिक । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा बैंक तथा वित्तीय संस्थाबा निजीक्षेत्रमा जाने कर्जामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झीनो वृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.३३ अर्ब ६० करोड (०.७ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.२४ अर्ब १३ करोड (०.५ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ ।

गत भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.८ प्रतिशतले, विकास बैंकहरुको ०.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x