Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

क्यानडा सरकारले सरकारी मोबाइलमा चिनियाँ एप ‘ह्वीच्याट’ प्रयोगमा लगायो राेक

क्यानडा सरकारले सरकारी मोबाइलमा चिनियाँ एप ‘ह्वीच्याट’ प्रयोगमा लगायो राेक

काठमाडाैं, १४ कात्तिक। क्यानडा सरकारले सरकारी मोबाइल र उपकरणहरुमा चिनियाँ एप ह्वीच्याटको प्रयोगमा प्रतिबन्ध लगाएको छ। ह्वीच्याटबाट सुरक्षा खतरा रहेको भन्दै प्रतिबन्ध लगाइएको हो।

पश्चिमा देशहरुले सो चिनियाँ एपको प्रयोगलाई लिएर निकै अघि देखि नै सुरक्षा चुनौती रहेको बताउँदै आएका थिए। सो एपबाट प्रयोगकर्ताहरुको सूचना चोरी हुन आरोप उनीहरुले लगाएका छन्। ह्वीच्याटले भने आरोपहरुको खण्डन गर्दै आएको छ।

हालसम्म ह्वीच्याटको प्रयोगबाट सरकारी डेटाको दुरुपयोग भएको प्रमाण नपाए पनि सुरक्षा सर्तकता अपनाउँदै यो प्रतिबन्ध लगाइएको क्यानडाका अधिकारीहरुले बताएका छन्। एपमाथि लगाइएको प्रतिबन्ध तत्कालै सुरु हुनेछ। प्रतिबन्धबारे ह्वीच्याटले भने केही प्रतिक्रिया दिएको छैन।

क्यानडाको ट्रेजरी बोर्डकी अध्यक्ष अनिता आनन्दले साइबर सुरक्षालाई मध्यनजर गर्दै सरकारी मोबाइलमा ह्वीच्याटको पहुँच रोक्ने निर्णय गरेको बताइन्।

क्यानडाले रसियाको साइबर सुरक्षा कम्पनी केसपर्सकीमाथि पनि कारबाही गर्दैछ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x