Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दूध किसानलाई उद्योगीले आठ अर्ब भुक्तानी दिएनन

दूध किसानलाई उद्योगीले आठ अर्ब भुक्तानी दिएनन

काठमाडौं, २६ मंसिर । देशभरका ६ लाख किसानले दूध बिक्री गरेबापत पाउनुपर्ने करिब आठ अर्ब भुक्तानी पाउन सकेका छैनन् । किसानबाट उठाएको दूध बजारमा बिक्री गर्न नसकी उद्योगको गोदाममै थन्क्याएर राख्नुपरेको जिकिर गर्दै उद्योगीले ठूलो रकम बक्यौता राखेका हुन् ।

उद्योगले प्रत्येक १५ दिनमा किसानको रकम भुक्तानी दिन सहकारीलाई पैसा पठाउने र सहकारीमार्फत किसानले रकम पाउने गरेका थिए । तर, उद्योगले नौ अर्ब ४२ करोड ४५ लाख ५० हजार रुपैयाँबराबरको घिउ, बटर, पनिर, आइसक्रम, चिजलगायतका दुग्ध पदार्थ मौज्दात गर्नुपरेकाले नगद अभाव भई किसानको भुक्तानी गर्न नसकेको जिकिर गर्दै आएका छन् ।

यस्तै दुग्ध किसानको भुक्तानी व्यवस्था मिलाउन राष्ट्रिय कृषक समूह महासंघले सरकारसमक्ष माग गरेको छ। महासंघले देशभरका किसानहरुले झण्डै ६ महिनादेखि दुग्ध बिक्री गरेको पैसा नपाएको विषयप्रति गम्भीर ध्यानाकर्षण गराएको हो।

 

“किसानहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को रहेको र आधा निजी क्षेत्रका डेरीहरुको भएको महासंघको भनाइ छ।” किसानहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को रहेको र आधा निजी क्षेत्रका डेरीहरुको भएको महासंघको भनाइ छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x