पाँच महिनामा पूँजीगत खर्च करिव १२ प्रतिशत मात्र
काठमाडाैं, १ पुस । चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्त बितिसक्दा सम्म सरकारकाे पूँजीगत खर्च न्युन देखिएकाे छ । मंसिर मसान्तसम्म पूँजीगत खर्च ३६ अर्ब ६ करोड ३ लाख रुपैयाँ भएको छ । जुन लक्ष्यकाे ११.९४ प्रतिशत मात्र हाे ।
यस आर्थिक वर्षमा सरकारले ३ खर्ब २० अर्ब ७ करोड ४४ लाख रुपैयाँ पूँजीगत खर्चको लक्ष्य राखेको थियो ।
यद्यपी गत वर्षको सोही अवधिको तुलनामा भने पूँजीगत खर्च करीब ३ प्रतिशतले बढेको हो । गत वर्षको मंसिर मसान्त सम्म ३४ अर्ब २१ कराेड ९८ लाख रुपैयाँ पूँजीगत खर्च भएको थियो ।
तर, यो वर्ष भने पूँजीगत खर्चमा केही सुधार देखिएको हो ।