Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

पाँच महिनामा तीन खर्ब ४३ अर्ब राजस्व उठ्यो

पाँच महिनामा तीन खर्ब ४३ अर्ब राजस्व उठ्यो

काठमाडौं, १ पौस । चालु आर्थिक वर्ष २०८०–८१ का निम्ति सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणानुसार गएको मंसिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने खर्च २५. ८७ प्रतिशत भएको छ।

चालु आवका निम्ति सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो । मंसिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च चार खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षका निम्ति चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबरको बजेट ल्याइएकामा मंसिर मसान्तसम्ममा तीन खर्ब ५९ अर्ब ९९ करोड ५७ लाखबराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाखबराबरको वार्षिक बजेट रहेकामा हालसम्म ३६ अर्ब ६ करोड तीन लाख रुपैयाँबराबर मात्र खर्च भएको छ ।

यस्तै पाँच महिना अवधिमा सरकारको राजस्व संकलन पनि लक्ष्यानुसार हुन सकेको छैन । कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँबराबर राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २६.०७ प्रतिशत अर्थात् तीन खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख रुपैयाँबराबर मात्र राजस्व संलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x