शेयर बजार २७.७५ अंकले बढ्दा ५ अर्ब १५ करोडको कारोबार
काठमाडाैं, १ पुस । साताको पहिलाे कारोबार दिन आइतबार शेयर बजार २७.७५ अंकले बढेको छ । यस दिने बजार मापक नेप्से परिसूचक १.३९ प्रतिशतले बढेर २,०२२.३५ अंकमा समेटिएको छ ।
यस दिन २९५ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये ५२ कम्पनीको शेयरमूल्य घटेको छ, १८५ वटाको बढेको छ भने बाँकी ४ वटाको शेयरमूल्यमा घटबढ भएको छैन । आइतबार १ कराेड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँकाे कारोबार भएको छ ।