Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बेलायत : फोन ह्याकिङ मुद्दामा मिरर ग्रुपले राजकुमार ह्यारीलाई क्षतिपूर्ति तिर्नुपर्ने

बेलायत : फोन ह्याकिङ मुद्दामा मिरर ग्रुपले राजकुमार ह्यारीलाई क्षतिपूर्ति तिर्नुपर्ने

काठमाडाैं, १ पुस । बेलायती युबराज प्रिन्स ह्यारीले बेलायती ट्याब्लोइड प्रकाशक विरुद्ध आफ्नो फोन ह्याकिङ मुद्दामा जीत हासिल गरेका छन् ।

लन्डन उच्च अदालतले प्रकाशकहरूलाई ह्याकिङ पीडित राजकुमारलाई १ .४ मिलियन पाउन्ड क्षतिपूर्ति तिर्न निर्देशन दिएको छ ।

अदालतको निर्णयपछि राजकुमार ह्यारीले ‘सत्य र जवाफदेहिता’ को जित भएको प्रतिक्रिया दिएका छन् ।

लन्डन उच्च अदालतका न्यायाधीशले आफ्नो फैसलामा प्रिन्स ह्यारी बेलायती ट्याब्लोइडले गरेको फोन ह्याकिङको सिकार भएको र सो अखबारले फोन ह्याकिङसँगै सूचना सङ्कलनका लागि गैरकानूनी तरिका अपनाएको पुष्टि भएको उल्लेख गर्दै राजकुमारले १ लाख ४० हजार ६ सय पाउण्ड क्षतिपूर्ति पाउने फैसला सुनाएको हो ।

प्रिन्स ह्यारीले लन्डन उच्च अदालतमा मुद्दा मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन)का तीनवटा पत्रिका द मिरर, द सन्डे मिरर र द पिपलविरुद्ध लामो समयदेखि कानुनी लडाइँ लडिरहेका थिए ।

अमेरिकामा बस्दै आएका प्रिन्स र उनकी श्रीमती मेगन मार्कल केही समयदेखि व्यक्तिगत जीवनसँग सम्बन्धित विभिन्न मुद्दाका कारण चर्चामा छन् ।
ह्यारीको फोन सन् २००३ को अन्त्यदेखि अप्रिल २००९ सम्म सानो तरिकाले ह्याक भएको अदालतको निर्णयमा उल्लेख छ ।

 

 

 

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x