Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ईयूले युक्रेनलाई दिन लागेको ५० अर्ब युरो हङ्गेरीले राेक्याे

ईयूले युक्रेनलाई दिन लागेको ५० अर्ब युरो हङ्गेरीले राेक्याे

काठमाडाैं, १ पुस । यूरोपेली संघ (ईयू)ले युक्रेनलाई दिन लागेको ५० अर्ब युरो बराबरको सहायता हङ्गेरीले आफ्नो भिटो पावर प्रयोगगरी रोकेको गरेको छ ।

ईयू सदस्य देशहरूबिच युक्रेनलाई अतिरिक्त रकम उपलब्ध गराउने सहमति भएको केही घण्टा नबित्दै हङ्गेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले भिटो प्रयोग गरेर रकम रोकिदिएका हुन् ।

ईयूका नेताहरूले मोल्डोभा र युक्रेनलाई सदस्यता दिनेसम्बन्धी वार्ता सुरु गर्ने र जर्जियालाई सदस्यता हैसियत दिने निर्णय गरेको केही बेरमा ओर्बानले सहायता रोक्काको घोषणा गरिएको हो ।

रुससँग हङ्गेरीको निकट सम्बन्ध छ । युक्रेनलाई सदस्यता दिने कुराको यसले लामो समयदेखि विरोध जनाउँदै आएको छ ।

युक्रेन रुस विरोधी युद्धका लागि आवश्यक रकम जुटाउन ईयू र अमेरिकी अनुदानमा निर्भर छ । अमेरिकामा पनि युक्रेनलाई दिने भनिएको सहायता रकमसम्बन्धी वार्ता रोकिएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डरलेनले अर्को वर्षको सुरुमा हुने शिखर सम्मेलनमा युक्रेनका लागि ५० अर्ब युरो सहायता प्याकेजमा हङ्गेरीको सम्भावित अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले अर्को शिखर सम्मेलनमा सहायता अवरोधलाई पन्छ्याउने उपाय हुने उनले ब्रसेल्समा इयु नेताहरूसँगको भेटेपछि बताइन् ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x