Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

गौरबका आयोजनाको कन्तबिजोग, समयमा नसकिदा लागत पनि बढेकोबढै  (कुन आयोजनाको प्रगती र खर्च कति बिवरणसहित)

गौरबका आयोजनाको कन्तबिजोग, समयमा नसकिदा लागत पनि बढेकोबढै  (कुन आयोजनाको प्रगती र खर्च कति बिवरणसहित)

काठमाडौं, २० पौष । राष्ट्रिय गौरवका २४ मध्ये ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका छन् । मेलम्ची खानेपानी आयोजना पनि सम्पन्न हुने चरणमा छ । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना, १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कसरी बनाउने भन्ने मोडालिटी नै बन्न सकेको छैन । २४ वटा आयोजनाको सुरुको लागत १० खर्ब ४६ अर्ब रुपैयाँ थियो । तर, यी आयोजना समयमै सम्पन्न नसक्दा फलस्वरुप आयोजनाको लागत निरन्तर बढ्दै गयो । आर्थिक वर्ष २०७८÷७९ सम्म यी आयोजनाको कुल लागत २५ खर्ब ९७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
आयोजनाको प्रगति र लागत कति ?

सिक्टा सिंचाई आयोजना –आर्थिक वर्ष २०६०÷०६१ बाट सुरु भएको यो आयोजनाको हालसम्म ७२ प्रतिशत काम सकिएको छ। यो आयोजनाको सुरुवाती लागत १२ अर्ब ८० करोड रुपैयाँ थियो संशोधित कुला लागत २५ अर्ब रुपैयाँ छ ।

बबई सिँचाई आयोजना – यो आयोजनाको हालसम्म ६२ दशमलव २३ प्रतिशत मात्रै काम सकिएको छ । २०४५ मा यो आयोजनाको लागत २ अर्ब ८७ करोड थियो । संशोधित लागत १८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

रानीजमरा कुलरिया सिँचाई आयोजना –२०६७–०६८ देखि निर्माण सुरु भएको यो आयोजनाको हालसम्म ५८ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाको सुरुवाती लागत अनुमान १२ अर्ब ३७ करोड थियो । तर अहिले संशोधित अनुमान २७ अर्ब ५२ करोड रुपैयाँ छ ।

सुनकोशी मरिन डाइभर्सन – यो आयोजना २०७७ देखि सुरु भएको हो । आयोजनाको काम ८ प्रतिशत मात्रै सकिएको छ । यसको लागत अनुमान ४६ अर्ब १९ करोड रुपैयाँ हो ।

महाकाली सिँचाई आयोजना – २०६३ देखि सुरु भएको यस आयोजनाको भौतिक प्रगती १८ प्रतिशत मात्र भएको छ । यसको लागत अनुमान ३५ अर्ब रुपैयाँ रहेको छ ।

भेरी बबई डाइभर्सन – ११ वर्षअघि निर्माण सुरु भएको यो आयोजनाको हालसम्म ५७ प्रतिशत मात्र काम सकिएको छ। यो आयोजनाको सुरुवाती अनुमानित लागत १६ अर्ब ४३ करोड रहेकोमा अहिले त्यो बढेर ३६ अर्ब ८० करोड पुगेको छ ।

हुलाकी राजमार्ग – १४ वर्षअघि सुरु गरिएको यो आयोजनाको ८१ प्रतिशत काम सकिएको छ । समयमा काम नसकिदा यो आयोजनाको पनि लागत ४७ अर्बबाट ६५ अर्ब रुपैयाँ पुगेको छ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग – ८ वर्षअघि निर्माण सुरु गरिएको यो आयोजनाको अहिलेसम्म ६४ प्रतिशत काम सकिएको छ। यो आयोजनाको पनि लागत ३३ अर्ब ३६ करोडबाट बढेर ८४ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

कोशी करिडोर – यो आयोजानको काम सुरु भएको १४ वर्षमा ४२ प्रतिशत काम सम्पन्न भएको छ।  ११ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजनाको लागत बढेर १६ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

कर्णाली करिडोर –यो आयोजनाको काम १० वर्षमा ३१ प्रतिशत मात्रै सकिएको छ । यसको सुरुवाती लागत ४१ अर्ब रुपैयाँ रहेकोमा समयमा नसकिदा त्यो लागत बढेर ६६ अर्ब रुपैयाँ पुगेको छ ।

कालिगण्डकी करिडोर– ८ वर्षअघि काम सुरु भएको यो आयोजनाको ६० प्रतिशत प्रगती भएको छ । यसको लागत २४ अर्ब रुपैयाँ रहेको छ।

काठमाडौं–तराई–मधेश द्रुतमार्ग– यो आयोजना २०७४ मा नेपाली सेनालाई निर्माणको जिम्मा लगाइएको छ। २०८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको यसको २८ प्रतिशतमात्र काम सकिएको छ। १ अर्ब १२ अर्ब सुरुवाती लागत अनुमान गरेकोमा अहिले बढेर २ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

यस्तै राष्ट्रपति चुरे तराई मधेश संरक्षण आयोजानको ५ प्रतिशत, पशुपति क्षेत्र विकास कोषको ८५ प्रतिशत, लुम्बिनी विकास कोषको ८७ प्रतिशत काम सम्पन्न भएको छ । चुेको सुरुवाती लागत १ अर्ब २५ करोड रहेकोमा अहिलेसम्म २ खर्बभन्दा बढी खर्च भइसकेको छ । पशुपति क्षेत्र विकास कोषको लागत १ अर्ब २७ करोडबाट २ अर्ब २७ करोड पुगको छ । लुम्बिनी विकास कोषको ५ अर्ब ५५ करोड अनुमान गरिएकोमा १ खर्ब ३२ अर्ब रुपैयाँ खर्च हुने भएको  । गौरवका आयोजना भने पनि सरकारले त्यहीअनुसार कामको लागि आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण नगर्दा आयोजनाको प्रगति न्यून देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x