नयाँ वर्षमा सानिमा बैंकका ग्राहकलाई छुट अफर
पोखरा, २१ पुस । आइतबारबाट लागु हुने गरी सानिमा बैंकले नयाँ वर्षकाे अफर सार्वजनिक गरेकाे छ । बैंकले सन् २०२४ काे अवसरमा ग्राहकहरूका लागि छुट अफर घाेषणा गरेकाे हाे ।
आइतवारदेखि माघ ११ गतेसम्म चल्ने योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरूले जारी शुल्कमा २४ प्रतिशतको छुट प्राप्त गर्ने छन् ।
सानिमा बैंकले विभिन्न सुविधा दिएर नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । बैंकले सातै प्रदेशका एक सय ३३ वटा कार्यालय र एक सय २३ एटीएममार्फत सेवा दिँदै आएकाे छ ।