निफ्राका सिईओ खतिवडाले दिए राजीनामा
काठमाडौं, २ माघ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) का सीईओ रामकृष्ण खतिवडाले पदबाट राजीनामा दिएका छन् । वि.स २०७७ माघ १ गते खुल्ला प्रतिस्पर्धाबाट बैंकको सिईओ बनेका खतिवडाले कार्यकाल अवधि नसकिदै राजीनामा दिएका हुन् ।
उनी ४ वर्षका लागि निफ्राको सिईओमा नियुक्ति भएका थिए । बैंकको सञ्चालक समितिको बैठकले पनि उनको राजीनामा १ माघदेखि लागु हुने गरी स्वीकृत गरेको छ । खतिवडाले राजीनामा दिएसँगै बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङले निमित्त सिइओको जिम्मेवारी सम्हाल्ने छन् ।