लगातार घट्दै प्रभु मनि ट्रान्सफरको आम्दानी, २०२३ मा ३० करोड ९० लाखमा झर्याे
काठमाडाैं, ३ माघ । सन् २०२३ मा प्रभु मनि ट्रान्सफर प्रालिको आम्दानी पनि घटेको छ । २०२३ मा कम्पनीको आम्दानी ३० करोड ९० लाख रुपैयाँको आम्दानी गरेको छ । जुन २०२२ को तुलनामा ३० प्रतिशतले कम हाे ।
सन् २०२० मा ७० करोड रुपैयाँको कारोबार गरेकाे कम्पनीले २०२१ मा ५४ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा कम्पनीले ४४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियाे ।
प्रभु मनि ट्रान्सफर सन् २००२ देखि रेमिट्यान्स सेवा प्रवाहमा काम गर्दै आएको छ ।विश्वभर १२ हजार नेटवर्क रहेकाे प्रभु मनि ट्रान्सफर मलेसिया, कतार, साउदी अरेबिया, कुबेत, युएई र अमेरिकामा नेपालीमाझ लाेकप्रिय छ । हाल कम्पनीका ६ हजार बैंकिङ ऐजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र करिब ३ हजार को–अपरेटिभ एजेन्ट छन् ।