Date

बिहि, पुस १८, २०८१
Thu, January 2, 2025

नेपालमा अनलाइन सपिङ संस्कार फस्टाउदै, युवापुस्ताको विशेष रोजाई

नेपालमा अनलाइन सपिङ संस्कार फस्टाउदै, युवापुस्ताको विशेष रोजाई

मानमती पाण्डेय
काठमाडौं, १७ असार । सुचना, प्रविधीको सहजतासँगै मानिसहरु पसल सम्म पुगेर सामानहरु खरिद गर्ने भन्दा पनि अनलाइन सपिङ तर्फ केन्द्रित हुन थालेका छन् । विशेष गरी शहरी क्षेत्रहरुमा अहिले अनलाइन सपिङको आर्कषण तथा कारोबार बढ्दो छ । समय र इन्धनको बचत, बार्गेनिङ गर्नुपर्ने झन्झटबाट मुक्ति र चाहेको सामान पसलमा भन्दा सस्तो पाइने भएपछि उपभोक्ताहरु अनलाइन सपिङ गर्ने तर्फ थप आकर्षित भएका हुन । यसैको प्रभाव हुन सक्छ सायद शहरका गल्ली, गल्लीमा खुलेका पसल देखि मलहरुमा समेत विस्तारै उपभोक्ताको भिड कम हुदै गएको पाइन्छ ।

अनलाइन तथा इन्टरनेटले नै व्यवसायी र उपभोक्ता बीच पुलको काम गरिरहेको छ भने अर्को तिर बैंक र ग्राहकका बीचमा पनि कारोबारको सम्बन्ध जोडेको छ । ग्राहकहरु अनलाइनमा गएर सामान छनौट गर्छन । अनि आफ्नो क्रेडिट कार्डको बिवरण सपिङ साइटलाई दिन्छन । यसैका आधारमा सामान घरमै पुग्छ । बैंकले व्यवसायीलाइ पनि भुक्तानी गरिदिन्छ । इन्टरनेटले ग्राहक र व्यवसायी मात्र नभइ वित्तिय संस्थालाइ पनि जोडी दिएको छ । जसले गर्दा कुनै सामान खरिद वा विक्री गर्नु परेमा अधिकांश मानिसहरु अनलाइन सपिङ साइट नै रोज्ने गरेको पाइन्छ ।

नेपालमा थुप्प्रै अनलाइन सपिङ साइडहरु छन् । जसमध्ये त्रिपुरेश्वरमा रहेको सस्तो डिल डटकमले ५ बर्ष देखि अनलाइन डेलिभरीको सेवा दिदै आएको छ । यसले घरमा बसिबसि आफुले चाहेको धरायसी सामान, इलेक्ट्रोनिक सामान, लत्ता कपडा, खाद्यान्न, फर्निचर लगायतका सम्पुर्ण सामाग्री उपलब्ध गराउदै आएको छ । मानिसहरुको बढ्दो व्यस्ततामा उनीहरुको आवश्यकता पुर्ती गर्न समय नभ्याउने हुदाँ पछिल्लो समयमा विकास भएका स्मार्ट फोन र त्यसमा उपलब्ध हुने एप्लीकेशनले ग्राहकहरुलाई अझ सहजता प्रदान गरेको सस्तो डिल डटकमका जनसम्पर्क प्रवद्धक सोनाम योञ्जनले बताए । उनका अनुसार सस्तो डिलमा मात्र दैनिक २५ देखि ३० र सिजन अनुसार ५० जना सम्मको अडर आउने गरेको छ । उनले भने ‘अहिले ५० प्रतिशत बजार अनलाइन सपिङले ओगटेको छ, मानिस घरबाहिर अथवा अफिस जहाँ सुकै भए पनि आफ्नो फोनमा भएको एप्लीकेशन मार्फत कुनै झन्झट बिना चाहेको सामान घरमा आइपुग्ने र चित्त नबुझेको खण्डमा सजिलै सटहीको व्यवस्था भएकै कारण यसप्रति आर्कषण र विश्वास अझ बढेको छ ।’

इन्टरनेटको माध्यबाट विद्यार्थीले घरमै बसिबसि पढ्ने देखि सबै आर्थिक कारोबार, मनोरञ्जन तथा स्वास्थ्य सेवा समेत पाउने हँुदा अनलाइन सपिङ आजको महत्वपुर्ण आवश्यकता भएको उनले बताए ।

कोटेश्वरकी जानवी बोहरा बिएससीकि विद्यार्थी हुन । उनी सपिङमा अत्यन्तै रुचि राख्छिन् तर बिहान कलेज र दिँउसो कामले गर्दा उनलाई बजारमा गएर सपिङ गर्न समय अभाव हुन्थ्यो तर अहिले उनलाई अनलाइन सपिङबारे जानकारी भए पछि सपिङको लागि सहज भएको छ । केहि खाली समय अथवा रातीको समयमा पनि उनी ‘मोबाइल एप्लीकेशन मार्फत विभिन्न साइटमा भएका सामानहरु हेर्ने गर्छिन् । उनि भन्छिन ‘प्रविधिको जमानामा त्यसको प्रयोग गर्न पछि पर्न हुदैन । यसबाट खाजा, खाना र भाडामा लाग्ने पैसा लगायत समयको पनि बचत हुन्छ । बजारमा खोज्दा नभेटिने सामान पनि अडर गर्दा सजिलै उपलब्ध हुन्छ ।’

उनी जस्तै काठमाडौंकै पुरानो बानेश्वरकी एमुना क्षेत्रीले हाम्रो बजार डटकमबाट सामानहरु खरिद गर्ने गरेकी छिन् । वेवसाइट भन्दा मोवाइल एप्सबाट सपिङ गर्न सजिलो हुने उनको बुझाइ छ । उनले एक पटक सपिङ जाँदा सामानको शुल्क बाहेक १ हजार देखि १५ सय सम्म खर्च हुने गरेको बताउदै यो पैसा पनि अनलाइन सपिङले जोगाउने गरेको बताइन् ।

अनलाइन सपिङ कसरी गर्ने
नेपालमा अहिले दराज डटकम, हाम्रो बजार डटकम, क्लाथ नेपाल डटकम, मेरो सपिङ डटकम, सस्तो डिल डटकम जस्ता थुप्प्रै अनलाइन साइडहरु उपलब्ध छन् । यस्ता साइडहरुमा बालक देखि बृद्ध सम्मका लागि आवश्यक सामानहरु राखिएका हुन्छन् । तर सबै साइडहरु विश्वासिला र भर पर्दा भने हुदैनन् । त्यसैले अनलाइन सपिङ गर्दा प्रयोग गरिएका कुनै पनि सुचनालाई स्टोर गरे राख्न नहुने र सपिङ सकिएपछि सम्पुर्ण सुचना मेटाइदिनु पर्ने सस्तो डिल डट कमका जनसम्पर्क प्रवद्र्धक योञ्जन बताउँछन् । उनको सुझाव छ ‘बिल भुक्तानी गर्दा डेविट कार्डको सट्टा के्रडीट कार्ड प्रयोग गर्नु पर्छ यसले आफ्नो पैसा सुरक्षित राख्न मद्दत गर्छ । सपिङ गर्नु अघि पनि वेवसाइटको सेक्युरेटी भेरीफाइ गर्नु पनि अति आवश्यक छ । सकेसम्म अरुले देख्ने गरि अथवा अरुलाइ जानकारी गराएर अनलाइन सपिङ गर्ने गर्नुपर्छ । ’
सपिङ गर्दा अफिस, साइबर अथवा सार्वजानिक स्थलको कम्प्युटर भन्दा घरकै कम्प्युटर, ल्यापटप अथवा मोबाइलबाट सपिङ गर्दा बढि सुरक्षित भइने उनको बुझाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x