Date

बुध, पुस १७, २०८१
Wed, January 1, 2025

पर्यटकको आगमन दरमा सुधार, अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए

पर्यटकको आगमन दरमा सुधार, अप्रिलमा १ लाख ११ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं, २१ वैशाख । सन् २०२४ काे अप्रिल महिनामा  १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।सन् २०२४ मार्चमा एक लाख २८ हजार भित्रिएका थिए।

अप्रिलमा सबैभन्दा धेरै भारतबाट र त्यसपछि क्रमशः अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बांग्लादेश, फ्रान्स, जर्मनी, रसिया र मलेसिया लगायतका देशबाट पर्यटक नेपाल आएका छन्।

अप्रिलमा छिमेकी देश भारतबाट ३० हजार १५८ पर्यटक नेपाल आएका छन्। दोस्रो स्थानमा अमेरिका छ। अमेरिकाबाट ९ हजार ९४७ जना पर्यटक आएका छन्। गत महिना अमेरिका तेस्रो स्थान थियो। गत महिना दोस्रो स्थानमा रहेको चीन यो पटक तेस्रो स्थानमा छ। चीनबाट ९ हजार ७५० जनाले नेपाल भ्रमण गरेका छन्।

चौथो स्थानमा रहेको बेलायतबाट ५ हजार ३९१ पर्यटक आएका छन् पाँचौँ स्थानमा रहेको अस्ट्रेलिया ४ हजार ११० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यस्तै बांग्लादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७०, रसियाबाट २ हजार ९७७ र दसौँ नम्बरमा रहेको मलेसियाबाट २ हजार ३ सय १० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

संख्यात्मक हिसाबले गत वर्षको अप्रिलभन्दा यो वर्ष १२.७५ प्रतिशतले विदेशी पर्यटक आगमनमा वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।नेपाल आउने विदेशी पर्यटकको संख्या बिस्तारै काेभिड अघिकै अवस्थामा फर्किन थालेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x